वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
पाेखरा | जेठ १६, २०८२
पोखरा: हेमजा यूनाइटेडले “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नारासहित (३५ वर्ष भन्दा माथि) गत १० गतेदेखि आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वडा १ र वडा १५ भिड्ने भएको छ ।
बिहीबार वडा २५ र १ बीच भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमार्फत वडा १ ले वडा २५ लाई ५–३ को गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यसअघि निर्धारित समयमा उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा १५ ले वडा ५ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा वडा १ सँगको भट पक्का गर्याे ।
अब फाइनल खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ र उप–विजेताले नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै उत्कृष्ट विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही नगद रु २ हजार साथमा ट्रफिले पुरस्कृत गरिने छ । भने, सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

